• १९ असोज २०८१, शनिबार

चेल्सीलाई साउथह्याम्पटनको झट्का

blog

प्रिमियर लिगमा प्रतिस्पर्धा गर्दै चेल्सी र साउथह्याम्पटनका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, भदौ १५ गते । इङ्लिस प्रिमियम लिगको उपाधि दाबेदार टोली चेल्सीलाई साउथह्याम्पटनको नमिठो झट्का लागेको छ । मङ्गलवार राति भएको खेलमा चेल्सी साउथह्याम्पटनसँग उसैको मैदानमा २–१ गोलले पराजित भयो । लिगमा चेल्सीको यो पहिलो हार हो । 

साउथह्याम्पटनको जितमा  रोमिओ लाभिया र एडम आर्म्सट्रोङले गोल गर्नुभयो । चेल्सीका रहिम स्ट्रर्लिङको गोल सान्त्वना बन्यो । खेलमा सुरुवाती अग्रता चेल्सीले लिएको थियो । २३औँ मिनेटमा स्टर्लिङले गोल गरेपनि चेल्सीले अग्रता जोगाउन सकेन । 

चेल्सीको गोलपछि जोसिएको साउथह्याम्पटनले २८औँ मिनेटमा बराबरी गोल फर्कायो । लाभियाले बराबरी गोल गर्नुभयो । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा आर्म्सट्रोङले गरेको गोल साउथह्याम्पटनको जितमा पर्याप्त बन्यो । जितसँगै पाँच खेलबाट सात अङ्क बनाएको साउथह्याम्पटन सातौँ स्थानमा उक्लिएको छ । 

हारसँगै सात अङ्क बनाएको चेल्सी आठौँ स्थानमा झरेको छ । अर्को खेलमा फुलहामले ब्राइटनलाई २–१ गोलले हराएको छ । लिड्स युनाइटेड र एभर्टन तथा त्रिस्टल प्यालेस र ब्रेन्टफोर्डले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । एजेन्सी