• १९ असोज २०८१, शनिबार

पाकिस्तानी महिला टोली काठमाडौंमा

blog

काठमाडौं, भदौ १३ गते । भदौ २१ देखि असोज ३ गतेसम्म दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउन पाकिस्तानी महिला राष्ट्रिय फुटबल टोली आइतबार राति काठमाडौं आइपुगेको छ ।

पाकिस्तानी महिला टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले स्वागत गरेका थिए । साफमा सात टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । पाकिस्तान समूह ‘ए’ मा रहेको छ । यस समूहमा साविक विजेता भारत, बङ्गलादेश र माल्दिभ्स छन् ।

आयोजक नेपाल सहित श्रीलंका र भुटान समूह ‘बी’ मा छ । लिग कम नकआउटमा आधारमा खेलाइने साफमा समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । साफमा सहभागिता जनाउन भुटानको महिला टोली यसअघि नै नेपाल आईसकेको छ ।