• ६ कात्तिक २०८१, मङ्गलबार

नेपाल केन्याविरुद्ध फिल्डिङमा

blog

फाइल तस्बिर ।

काठमाडौं, भदौ १३ गते । केन्याविरुद्ध चौथो टी–२० खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा घरेलु टोली केन्याले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो ।

केन्याविरुद्ध पाँच खेलको टी–२० मा नेपाल २–१ ले अगाडि छ । नेपाल आज केन्यालाई हराएर एक खेल अगावै उपाधि जित्ने लक्ष्यमा छ । यता केन्या पनि नेपाललाई रोक्दै सिरिज बराबरी गर्ने दाउमा छ ।

नेपाल पहिलो खेलमा पाँच विकेट र तेस्रो खेलमा चार विकेटले विजयी भएको थियो । कमजोर ब्याटिङका कारण नेपाल दोस्रो खेलमा केन्यासँग १८ रनले पराजित भएको थियो ।

केन्यासँग पाँच खेलको टी–२० सिरिज खेल्न लागेको नेपालले पाँचौं खेल भदौ १४ गते खेल्नेछ । त्यसपछि दुई टोलीबीच भदौ १७, १८ र २० गते एकदिवसीय सिरिज हुनेछ ।