• १२ असार २०८१, बुधबार

३८ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

blog

फाइल तस्बिर

काठमाडौं, भदौ १२ गते । दुबई पठाइदिन्छु भन्दै ३८ लाख रुपियाँ ठगी गरेको अभियोगमा प्रहरीले भोजबहादुर चौधरीलाई पक्राउ गरेको छ।

नवपलरासी (पश्चिम) प्रतापपुर गाउँपालिका-२ गोपिगञ्ज घर भएर काठमाडौं गोंगबु बस्ने ५४ वर्षीय भोजबहादुरलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।

चौधरीले दुबई पठाइदिने भन्दै ३८ लाख रुपियाँ ठगी गरेको प्रहरी कार्यालयमा अभियोग छ।दुबई पुगेपछि आर्मस गार्डमा एक लाख तलबमा काम लगाइदिने भन्दै प्रलोभन देखाएर विभिन्न व्यक्तिबाट ३८ लाख लिएर फरार थिए।

चौधरीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीको टोलीले काठमाडौंको सामाखुशीबाट शुक्रबार पक्राउ गरेको हो ।

थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।