• १५ असार २०८१, शनिबार

जापानमा एक नेपालीको मृत्यु, शव ल्याउन समस्या

blog

हरि कोइराला

उर्लाबारी, असार ११ गते । कामको सिलसिलामा जापान पुगेका एक नेपालीको हृदयाघातले मृत्यु भएको छ । 

मोरङको सुन्दरहरैंचा –९ मा स्थायी घर भई हाल जापानको तोचिगी केन तोचिगी सी आसाहीचोमा बस्दै आउनु भएका ४७ वर्षीय शेरबहादुर कार्कीको जुन २२ (असार ८ गते) मृत्यु भएको हो ।

दुई वर्षकी छोरी र श्रीमतीसँग बस्दै आउनुभएका कार्की बेलुका कामबाट फर्केर सकुशल सुत्नु भएको थियो । बिहान काममा जान नउठेपछि श्रीमती कल्पनाले शेरबहादुरलाई  उठाउने प्रयास गर्नुभएको थियो ।

सुतेको ठाउँमा नउठेपछि तत्काल अस्पताल भर्ना गरे पनि डाक्टरले  हृदयाघात भएर मृत्यु भएको रिपोर्ट दिएको थियो । कल्पनाले शव नेपाल ल्याउन सहयोगको याचना गर्नुभएको छ।