• १४ पुस २०८१, आइतबार

भारतको नेशनल डिफेन्स कोर्स टोली नेपालमा

blog

भारतीय टोलीलाई स्वागत गर्दै नेपाली सेना । तस्बिर : जङ्गी अड्‍डा

काठमाडौं, भदौ १२ गते । भारतको नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कोर्स–६२ टोली आइतबार नेपाल आएको छ । भारतीय टोली एयर भाइस मार्सल तेजवीर सिंहको नेतृत्वमा नेपाल आएको हो । 

पाँच दिवसीय भ्रमणको क्रममा भारतीय टोलीले नेपालका प्रधानमन्त्री तथा रक्षामन्त्री, माननीय अर्थमन्त्री र माननीय परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ । टोलीले जङ्गी अड्‍डाको भ्रमण, पोखरास्थित श्रीमध्य कमाण्ड हेड क्वार्टरको भ्रमण, पशुपतिनाथ मन्दिर, काठमाडौं, दरवार स्क्वायर, लुम्बिनी लगायत काठमाडौं र पोखराका विभिन्न पर्यटकीय स्थलहरुको अवलोकन गर्ने कार्यक्रम रहेको पनि नेपाली सेनाले जनाएको छ । 

विगतमा पनि विभिन्न मित्रराष्ट्रहरुमा संचालित उच्चस्तरका सैनिक तालिममा सहभागी शिक्षार्थीहरुले नेपालको भ्रमण गर्ने प्रचलन रहेको थियो । छिमेकी मित्रराष्ट्रहरुबाट हुने यस किसिमको भ्रमणले दुई देश बीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवं बृहत्तर पार्न थप मद्दत पुग्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।