राममणि दाहाल
हेटौँडा, पुस १४ गते । मामाघरमा बस्दै आउनुभएको मकवानपुर मनहरी गाउँपालिका २ स्थित टाँडीकी विमला डिम्डुङको मृत्यु भएको छ ।
विगत आठ वर्षदेखि हेटौँडा उपमहानगरपालिका १४ भोलनटोलस्थित मामा गङ्गाराम मोक्तानको घरमा बस्दै आउनुभएको १८ वर्षीया डिम्डुङ श्वासप्रश्वासको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार डिम्डुङ श्वासप्रश्वासको समस्या आएपछि उपचारका लागि हेटौँडा अस्पताल ल्याएकोमा उपचार पश्चात् थप उपचारका लागि सिएमसी चुरेहिल अस्पताल ल्याएकोमा शनिबार साँझ मृत्यु भएको हो ।
मृतकको बुवा ४० वर्षीय हर्कबहादुर डिम्डुङ डिल्लीबजार कारागारमा र ३६ वर्षीया आमा शान्तिकुमारी थिङ वैदेशिक रोजगारीको शिलशिलामा जोर्डनमा रहनुभएको छ ।
मृतकको शव अस्पतालमा रहेको र युवतीको श्वासप्रश्वासका कारण मृत्यु भएको हो वा होइन थप अनुसन्धानपछि थाहा हुने प्रहरीले जनाएको छ ।