विनोद नेपाल
राम र सीता दाजुबहिनी थिए । राम पढाइमा अलि कमजोर र सीता अलि तेज थिइन् । उनीहरू एउटै कक्षामा पढ्थे । उनीहरूको परिवार मध्यम वर्गीय थियो । आमा घरको काम गर्नुहुन्थ्यो, बुवा सामान्य जागिरे । घरमा बस्तुभाउ थिए । आमा असाध्यै मेहनती हुनुहुन्थ्यो । बुवाले पनि घरमा बसेको बेला आमालाई सघाउनु हुन्थ्यो ।
बारीमा फलफूल, तरकारी हुन्थे । गोठमा गाईबस्तु, खोरमा बाख्रा, कुखुरा आदि । कहिले कुखुरा, कहिले बाख्रा आदि बेचेर र बेलाबेलामा घरमा उब्जेको तरकारी, फलफूल आदि बिक्री गरेर उनीहरूको विद्यालयको शुल्क तिर्ने खर्च जुट्थ्यो । अर्थात् आमाकै मेहनतले उनीहरूको पढाइ खर्च चलेको थियो ।
तलबबाट बचेको पैसाले थप खेत, बारी किन्ने र सकेमा विस्तारै सहरमा घडेरी जोड्ने बुवाको सोच थियो । यसैले बुवा मितव्ययी हुनुहुन्थ्यो खर्चमा किफायत गर्नुहुन्थ्यो । उनीहरू विद्यालय जाँदा घरमा आमाले बनाइदिएको खाजा लैजान्थे । खाजाका रूपमा कहिले मकै–भटमास, कहिले बदाम–चिउरा, कहिले हलुवा, कहिले पुरी–तरकारी आदि हुन्थ्यो । खाजा खाने समयमा उनीहरू पनि साथीहरूसँगै बसेर खाजा खान्थे ।
बारीमा फलफूल, तरकारी हुन्थे । गोठमा गाईबस्तु, खोरमा बाख्रा, कुखुरा आदि । कहिले कुखुरा, कहिले बाख्रा आदि बेचेर र बेलाबेलामा घरमा उब्जेको तरकारी, फलफूल आदि बिक्री गरेर उनीहरूको विद्यालयको शुल्क तिर्ने खर्च जुट्थ्यो ।
उनीहरूको कक्षामा सँगै पढ्ने धनी परिवारका साथी पनि थिए । एकदिन एक जना साथीले उनीहरूलाई सोध्यो, ‘के खाजा खाएको ?’
उनीहरूले एकै स्वरमा भने ‘मकै–भटमास ।’
“छ्या, त्यस्तो पनि खाजा हुन्छ ’ ‘मकै
भटमास त मकै–भटमास नै भैगो नि,” उसले भन्यो ।
“अनि के हुन्छ त खाजा ?” रामले प्रश्न ग-यो ।
‘हेर न हामीले खाएको बेला । देख्दैनस् अहिले मःम खाइराख्या छौँ । कहिले चाउमिन, कहिले पिजा, कहिले बर्गर, कहिले के, कहिले के, हामी त फेरिफेरि खान्छौँ ।
साथीले आफूलाई होच्याएको रामलाई मन परेन । भन्यो, “हामीलाई मन पर्दैन त्यस्तो खाजा ।”
‘अँ... पाए पो मन पथ्र्यो, खान पाए कति खान्थिस् होला,”
उसको चित्त दुख्यो । तर ऊ रिसाएन । बरु उनीहरूलाई सम्झाउने कोसिस गर्दै भन्यो,
“तिमीहरू धनी छौ, बजारबाट किनेको खान्छौ, हामी सक्दैनौँ, यसैले घरबाटै जे हुन्छ ल्याउँछौँ, खान्छौँ” ‘तर एउटा कुरा नि, अस्ति मिसले कक्षामा पढाएको बिस्र्यौ ?”
‘के कुरा ?’ साथीले सोध्यो ।
तलबबाट बचेको पैसाले थप खेतबारी किन्ने र सकेमा विस्तारै सहरमा घडेरी जोड्ने बुवाको सोच थियो । यसैले बुवा मितव्ययी हुनुहुन्थ्यो खर्चमा किफायत गर्नुहुन्थ्यो । उनीहरु विद्यालय जाँदा घरमा आमाले बनाइदिएको खाजा लैजान्थे । खाजाको रुपमा कहिले मकै–भटमास, कहिले बदाम–चिउरा, कहिले हलुवा, कहिले पुरी तरकारी आदि हुन्थ्यो ।
रामले भन्यो, “बजारिया खानेकुरा नखानु, अनेक थरी मसला राखेको हुन्छ, कस्तो कस्तो ठाउँमा बनाएको हुन्छ, स्वास्थ्यलाई फाइदा गर्दैन, स्वाद मात्रै हो, घरबाटै खाजा ल्याएर खाने गर्नुपर्छ । यसो गर्दा दोहोरो फाइदा हुन्छ, एकातिर खर्च कम, अर्कोतिर स्वास्थ्य राम्रो ।”
पोखरा थोक, पाल्पा ।