• ४ जेठ २०८१, शुक्रबार

टेलिकमको खुद नाफा आठ अर्ब

blog

काठमाडौँ, साउन ३१ गते । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले गत आर्थिक वर्षमा आठ अर्ब रुपियाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ ।

२०७८ असार मसान्तसम्म सात अर्ब १२ करोड ९४ लाख ४१ हजार रुपियाँ खुद मुनाफा गरेको नेपाल टेलिकमले २०७९ असारसम्ममा एक अर्ब २५ करोड छ लाख ४७ हजार रुपियाँले वृद्धि गरी आठ अर्ब ३८ करोड ८८ हजार रुपियाँ नाफा गरेको हो ।

यस्तै कम्पनीको २०७८ असार मसान्तसम्ममा कुल सञ्चालन आय ३५ अर्ब ९३ करोड ५६ लाख ८३ हजार रुपियाँ रहेकामा २०७९ को सोही अवधिमा एक अर्ब ९५ करोड ४२ लाख ७५ हजार रुपियाँ अर्थात् ५.४४ प्रतिशतले वृद्धि गरी ३७ अर्ब ८८ करोड ९९ लाख ५८ हजार रुपियाँ पु-याएको छ । यस्तै २०७८ असारसम्मको कुल आय ४२ अर्ब २० करोड ९९ लाख तीन हजार रुपियाँ गरेको नेपाल टेलिकमले २०७९ असारसम्ममा दुई अर्ब ११ करोड १४ लाख ५४ हजार अर्थात् ५ प्रतिशतले वृद्धि गरी ४४ अर्ब ३२ करोड १३ लाख ५८ हजार रुपियाँ पु-याएको छ ।