• १३ साउन २०८१, आइतबार

अवैध काठ बरामद

blog

बिर्तामोड समाचारदाता

बिर्तामोड, साउन २५ गते । अस्थायी प्रहरी चौकी माइधार र रतुवामाई वृक्षारोपण आयोजनाको प्रहरी गस्ती टोलीले अवैध रुपमा लुकाईराखिएको अवस्थाको ५८ क्युफिट टिक जातको काठ बरामद गरेको छ । 

मंगलबार दिउसो ३ः०० बजे शिवसताक्षी नगरपालिका १० बस्ने बिरु मगरको घरमा लुकाई राखिएको अवस्थामा १० थान टिक जातको गोलिया ५८.०७ क्युफिट काठ बरामद गरि आवश्यक कार्वाहीका लागि रतुवामाई वृक्षरोपणको कार्यालय केर्खामा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता बसन्तकुमार थापाले बताउँनुभयो ।