• ५ साउन २०८१, शनिबार

उपेन्द्र यादवसँग सरकारमा बसेर काम गर्न समस्या छैन : राजेन्द्र महतो

blog

फाइल तस्बिर

काठमाडौं, साउन २४ गते । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद राजेन्द्र महतोले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग सरकारमा बसेर काम गर्न कठिन नभएको बताउनुभएको छ । मङ्गलबार संसद् बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै  लोसपाका नेता महतोले सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘‘जसपा र हामी एउटै सरकारमा बसेर जान केही गाह्रो छैन । सरकारको कुरा पनि भइरहेको छ ।’’ त्यस्तै, महतोले पार्टी सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयको चाँडै टुङ्गो लाग्ने बताउनुभयो । 

सरकारमा मन्त्री बन्ने कुरा र आगामी निर्वाचनको लागि गठबन्धन गर्ने कुरामा छलफल भइरहेको पनि उहाँले बताउनुभयो । छलफल सकारात्मक रहेको र अबको केही दिनमा नै टुङ्गो लाग्ने जानकारी उहाँले दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘हामी चुनावको तयारीमा लागिसकेका छौँ । गठबन्धनको सवाल पनि उठिरहेको छ । तर अहिले पाँचदलीय गठबन्धनको तर्फबाट आमन्त्रण आइरहेको छ । कुरा पनि भइरहेको छ । चाँडै यो विषयमा हामी टुङ्गोमा पुग्नेछौँ । छैटौं दलको रुपमा गठबन्धनमा जाने हो वा होइन चाँडै हामी टुङ्गो लगाउँछौँ ।

उहाँले नागरिकता मुद्दाको विषयको सवालमा नै सरकारलाई सहयोग गर्न लागेको बताउनुभयो ।