• १२ असार २०८१, बुधबार

मलेसियामा कोभिडका सङ्क्रमित घटेनन्, एकै दिन छ जनाको मृत्यु

blog

क्वालालम्पुर,  साउन २४ गते । मलेसियामा  पछिल्लो समयमा कोभिडका सङ्क्रमित घटेका छैनन् । यहाँ गएको २४ घन्टायता मात्र कम्तीमा पनि दुई हजार ८६३ जनामा कोभिडको सङ्क्रमण देखिएको छ ।

मलेसियाका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले पछिल्लो सयममा यहाँ कोभिडका सङ्क्रमित बढ्दै गएको र अहिलेसम्म देशका ४७ लाखभन्दा बढीमा सो सङ्क्रमण फैलिएको छ ।

यहाँ गएको २४ घन्टा मात्रयता छ जना सङ्क्रमितको कोभिडकै कारण ज्यान गएको छ । यो समेत गरी मलेसियामा कोभिडको सङ्क्रमणबाट ज्यान जाने व्यक्तिको सङ्ख्या ३६ हजार ३२ जना पुगेको बताइएको छ ।

देशभर अहिले पनि ४३ हजारभन्दा बढी सक्रिय सङ्क्रमित छन् । गम्भीर बिरामी भएका केहीको   सघन उपचारकक्षमा उपचार भइरहेको छ । रासस/सिन्ह्वा