• १२ असार २०८१, बुधबार

प्रतिनिधिसभा बैठक जारी

blog

फाइल तस्बिर

काठमाडौं, साउन २४ गते । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ ।  मङ्गलबार बिहान ११ बजेदेखि सुरु भएको बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिहरुमा सदस्यहरुको नाम हेरफेर गर्नुहुने कार्यक्रम रहेको छ ।

सङ्घीय संसदको महासचिव डा. भरतराज गौतमले कानुन, न्याय तथा संसदीय मामिला गोविन्दप्रसाद शर्मा (कोइराला)ले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सदन समक्ष पेश गर्नुहुने कार्यसूची रहेको जानकारी दिनुभयो ।

कार्यसूची अनुसार सांसद विन्दा पाण्डेले ‘‘दोस्रो जनआन्दोलन २०६२–०६३ ले स्थापित गरेको समावेशी समानुपातिक सहभागिताको विषयलाई नेपालको संविधानले पनि स्वीकार गरेको परिवेशमा संविधान कार्यान्वयनमा आएको ६ वर्ष वितिसक्दा पनि महिलाको उल्लेखनीय सहभागिता नभएकोले आगामी प्रदेश सभा र सङ्घीय संसदको निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउन आवश्यक भएकाले’’ भन्ने जरुरी सार्वजनिक महत्त्वको विषयमाथि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको ध्यानाकर्षण गराउनुहुने छ ।