• ८ वैशाख २०८१, शनिबार

कुलोमा डुबेर बालकको मृत्यु

blog

फाइल तस्बिर

कैलाली, साउन २१ गते । कैलालीको टीकापुर नगरपालिका–१ स्थित जमरा कुलोमा डुबेर शनिबार एक बालकको मृत्यु भएको छ ।

एकतानगर शिविरका १२ वर्षीय दिनेश परियारको जमरा कुलोमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

नुहाउने क्रममा डुबेर बेहोस भएका परियारलाई उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो । उपचारका क्रममा परियारको मृत्यु भएको बताइएको छ ।