काठमाडौं, साउन १६ गते । फ्रेन्च महारथि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च सुपर कप फुटबलको उपाधि जितेको छ । इजरायलमा आइतबार राति भएको खेलमा लिनवान प्रतिद्वन्द्वी नान्टेसलाई ४–० गोलले हराउँदै पीएसजी च्याम्पियन बनेको हो ।
१० खेलाडीमा समेटिएको नान्टेसमाथि पीएसजीले एकपक्षीय प्रदर्शन गरेको थियो । पिएसजीलाई जिताउन ब्राजिली नेयमारले दुई तथा लियोनेल मेस्सी र सर्जियो रामोसले एक एक गोल गर्नुभयो । दुवै हाफमा दुई दुई गोल गरेको पीएसजीका लागि २२औं मिनेटमा मेस्सीले गोलको खाता खोल्नुभयो ।
पहिलो हाफमो इन्जुरी समयमा नेयमारले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाउनुभयो । नान्टेस ८१औं मिनेटमा १० खेलाडीमा समेटियो । डिबक्सभित्र नेयमारलाई लडाएपछि जिन चार्लेस कास्टेलेटो रातो कार्ड पाउँदै बाहिरिनुभएको थियो ।
सोही फलमा प्राप्त पेनाल्टीमा नेयमारले गोल गर्दै टोलीलाई सानदार जित दिलाउनुभयो । फ्रेन्च कपको नयाँ सिजन सुरु हुनुअघि फ्रेन्च लिग च्याम्पियन र कप डे फ्रान्स च्याम्पियनबीच फ्रेन्च सुपर कप खेलिन्छ । पीएसजीले सर्वाधिक ११ पटक यस उपाधि जितेको छ । एजेन्सी