• १९ असोज २०८१, शनिबार

छुरा प्रहार गरी पाँच लाख लुटियो

blog

प्रतिकात्मक तस्बिर

महोत्तरी, साउन १४ गते। महोत्तरीको गौशाला-सम्सी सडकखण्डमा छुरा प्रहार गरी एक व्यापारीको पाँच लाख लुटिएको छ।

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रका अनुसार जिल्लाको रामगोपालपुर नगरपालिका–७ सहसौला बस्ने ३५ वर्षीय अरुणकुमार चौधरीमाथि अज्ञात समूहले छुरा प्रहार गरी उनको साथमा रहेको पाँच लाख लुटेको छ।

आफ्नै गाउँमा वैष्णवी मनी ट्रान्सफर सञ्चालन गर्दै आएका अरुण शुक्रबार गौशालाबाट रकम बोकेर प्र२–०२–००४प ३३४७ नंको मोटरसाइकलमा घर जाँदै गर्दा मोटरसाइकलमा आएका तीन जनाको समूहले रकम लुटेको थियो। अरुणको मोटरसाइकल रोकी निजको तिघ्रामा छुराले हानेर घाइते बनाएर रकम लुटेर सो समूह भागेको थियो।

छुरा प्रहारबाट घाइते भएका अरुणको गौशालास्थित पोलिक्लिनिकमा उपचार भइरहेको छ भने लुटेराको खोजतलास व्यापकरूपमा भइरहेको प्रहरीले जनाएको छ। रासस