काठमाडौँ, वैशाख २३ गते । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ १६ पैसा र बिक्रीदर १५२ रुपियाँ ७६ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपियाँ ९२ पैसा र बिक्रीदर १७८ रुपियाँ ६२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपियाँ ११ पैसा र बिक्रीदर २०६ रुपियाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९४ रुपियाँ २२ पैसा र बिक्रीदर १९४ रुपियाँ ९८ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०९ रुपियाँ १५ पैसा र बिक्रीदर १०९ रुपियाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपियाँ ८२ पैसा र बिक्रीदर ११२ रुपियाँ २६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपियाँ १८ पैसा र बिक्रीदर ११९ रुपियाँ ६५ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ६५ पैसा र बिक्रीदर नौ रुपियाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ २८ पैसा र बिक्रीदर २२ रुपियाँ ३७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ५५ पैसा र बिक्रीदर ४० रुपियाँ ७१ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ७४ पैसा र बिक्रीदर ४१ रुपियाँ ९१ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६६ पैसा र बिक्रीदर चार रुपियाँ ६८ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ४३ पैसा र बिक्रीदर ४१ रुपियाँ ५९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपियाँ ४० पैसा र बिक्रीदर ३८ रुपियाँ ५५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ३३ पैसा र बिक्रीदर १० रुपियाँ ३७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ४१ पैसा र बिक्रीदर १६ रुपियाँ ४८ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ८१ पैसा र बिक्रीदर २३ रुपियाँ ९० पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ४२ पैसा र बिक्रीदर १९ रुपियाँ ४९ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपियाँ ५२ पैसा र बिक्रीदर ४९८ रुपियाँ ४८ पैसा, बहराइन दिनार एकको खरिददर ४०२ रुपियाँ ९१ पैसा र बिक्रीदर ४०४ रुपियाँ ५० पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपियाँ १९ पैसा र बिक्रीदर ३९६ रुपियाँ ७५ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस