• ४ साउन २०८१, शुक्रबार

१६१० ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

blog

काठमाडौं, साउन १२ गते । त्रिभुवन अन्तर्राष्ट्रिष्य विमानस्थलबाट १६ सय १० ग्राम सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

फ्लाई दुबईको उडानद्वारा बुधबार दुबईबाट काठमाडौं आएका भारतीय नागरिक युसुफ हारुनलाई प्रहरीले विमानस्थलको आगमन टनेल गेटबाट पक्राउ गरेको हो ।

प्रहरी वरिष्ठ उपरीक्षक दिपेन्द्र घर्ति क्षेत्री जीसीले विमानस्थलमा ओर्लिएपछि हारुनको गतिविधि शङ्कास्पद देखिएको भन्दै प्रहरी विमानस्थलद्वारबाट उनलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार हरुनलाई जाँच गर्दा भित्री वस्त्रमा लुकाई राखेको अवस्थामा प्लास्टिकसहित अन्दाजी १६१० ग्रामका दुई थान सुनको पोका देखिएको हो ।

हारुनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरी वरिष्ठ उपरीक्षक जीसीले बताउनुभयो ।