• ७ जेठ २०८१, सोमबार

नयाँ उद्योग स्थापना नगरे देश विकास सम्भव छैन : मन्त्री बडु

blog

धरान औधोगिक क्षेत्र निरीक्षण भ्रमणको कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडु । तस्बिर : गोरखापत्र

निशा राई

धरान, श्रावण १० गते । देश विकासका लागि नयाँ उद्योग स्थापना गर्न जरुरी रहेको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले बताउनु भएको छ । मन्त्री बडुले धरान औधोगिक क्षेत्र निरीक्षण भ्रमणको कार्यक्रममा उक्त कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘नयाँ उद्योग स्थापना नगरे देश विकास सम्भव छैन । उद्योगले मात्र देशलाई जोगाउन, निर्यात बढाउन र आयात घटाउन सहयोग गर्दछ ।’

निर्यात बढाउन सरकारले सात वटै प्रदेशमा एक–एक वटा उद्योग खोल्ने योजना गरेको र साना उद्योगी, महिला, युवा तथा विदेशबाट आएका युवाको लागि उद्योग खोल्न प्रोत्साहन स्वरुप करिव २१ लाख रुपियाँ तथा विजुली र पानीको छुट गरिने पनि मन्त्री बडुले बताउनुभयो । 

उहाँले पालीको आयस्रोत नबढी देश विकास सम्भव नहुने बताउँदै सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’को आकर्षक नारा तय गरेले त्यसका लागि राज्यले उद्योगहरु स्थापना गर्नुपर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशमा कृषि उत्पादनको घट्दो क्रमले धान चामल, तेल, तरकारीदेखि प्राय: सबै दैनिक उपभोग्य सामग्रीहरु विदेशबाटै आयात गर्नुपर्ने नियति छ । देश विकासको मेरुदण्ड मानिने उद्योग कलकारखानाको स्थिति  दयनीय छ त्यसैले नयां उद्योग खोल्ने रणनीति सरकारले ल्याएको छ ।’

मन्त्री बडुले विराटनगर जुटमिलको समेत अवलोकन गरी सम्भव भएसम्म पुनः सञ्चालन गरिने जानकारी दिनुभयो । भ्रमणका क्रममा धरान औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक सुवास सिटौलाले जग्गाहरु प्लटीङ गरेकाले औधोगिक क्षेत्र स्थापना गर्न गाह्रो भएको जानकारी गराउनुभयो । 

सुनसरी उधोग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले विभिन्न सात वटा समस्या र प्रस्ताव राख्नु भएको थियो । धरानको औधोगिक क्षेत्रमा ३६ वटा उद्योग छन् । जसमध्ये हाल ३१ वटा सञ्चालनमा रहेको छ । तीन वटा बन्द रहेको र दुई वटा निर्माणधिनमा अवस्थामा रहेको धरान औद्यौगिक क्षेत्र कार्यलय प्रमुख रमेशराज नेपालले जानकारी दिनुभयो ।