रेखीराम राना
तानसेन, वैशाख ३ गते । नयाँ वर्षको दिन कालीगण्डकी नदीमा पौडी खेल्दा बेपत्ता भएका दुबै जना युवकको शव फेला परेको छ । पाल्पाको बगनासकाली–७, दैलातुङ्स्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बगनासकाली–९, चापपानीका ३९ वर्षीय शरण भुसाल र सोही स्थानका २९ वर्षीय तोयानाथ बस्याल बेपत्ता हुनुभएको थियो ।
बेपत्ता दुई जना युवकको खोजी गर्ने क्रममा बस्याल पौडी खेलेको स्थान नजिकै नदीबिच भागमा र भुसाल नदी किसानमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मृतक बस्याल बगनासकालीस्थित चन्द्र माध्यमिक विद्यालयका शिक्षकसमेत रहनुभएको थियो ।
बेपत्ताको खोजी गर्ने क्रममा बस्यालको बुधबार बिहान र भुसालको बिहीबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिनुभयो । उनीहरू बेपत्ता भएपछि जनपथ प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले खोजी गरेका थिए ।