• ३ वैशाख २०८३, बिहिबार

भरुवा बन्दुकसहित एक पक्राउ

blog

बरामद गरिएको बन्दुक र यसमा लाग्ने सामग्री ।

राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा), वैशाख ३ गते ।
स्याङ्जाको विरुवाबाट एक नाल भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, स्याङ्जा र प्रहरी चौकी विरूवाअर्चलेबाट खटिएको विशेष सर्च अप्रेसन टोलीले बन्दुक, यसमा लाग्ने सामग्रीसहित बुधबार एक जनालाई पक्राउ गरेको हो ।

प्रहरीले विरूवा गाउँपालिका–७ चित्लाङका ४६ वर्षीय केशबहादुर गुरुङको घरबाट फलामको गज सहितको एक नाले भरूवा बन्दुक एक थान, भरुवा बन्दुकमा प्रयोग हुने तीन ग्राम बारुद, छर्रा १० थान, केप तीन थान बरामद गरेको हो ।

केशबहादुरले घरमा लुकाएर राखेको अवस्थामा बन्दुक र यसमा लाग्ने सामग्रीहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार हातहतियार कसूरसम्बन्धी मुद्दामा जिल्ला अदालत स्याङ्जाबाट सात दिनको म्याद लिइ अनुसन्धान प्रक्रिया अगाडि बढाईएको छ ।