• १ वैशाख २०८३, मङ्गलबार

सप्तरीमा १४ फरार प्रतिवादी पक्राउ

blog

जिल्ला प्रहरी कार्यालय सप्तरी । तस्बिर : विनय कर्ण

विनय कर्ण
कल्याणपुर (सप्तरी), वैशाख १ गते ।
सप्तरी प्रहरीले अदालको फैसला कार्यान्वयन गर्ने शिलशिलामा विभिन्न मुद्दामा १४ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घरेलु हिंसाका १०, कुटपिटका दुई, जालसाजीका एक र चेक अनादर मुद्दाका एक जना गरी १४ जना प्रतिवादीहरु रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सप्तरी जिल्ला अदालतबाट घरेलु हिंसा मुद्दामा अग्निसाईर कृष्णसावरण गाउँपालिका २ का रामकुमार चौधरी र नवीन कुमार चौधरीलाई तीन महिना कैद र १० हजार जरिवना, सोही ठाउँका बसन्त चौधरी, सूर्यनारायण सिंह, हिरन चौधरी, सूर्यनारायण चौधरी, विवेक पौडेल, उर्मिला चौधरी, विवेक पौडेल, नारायण चौधरी र रामसागर चौधरीलाई जनही तीन हजार जरिवाना तोकिएको थियो ।

यस्तै कुटपिट मुद्दामा साविक १ नम्बर जोगिनियाँ १ का रामप्रसाद मुखियालाई ७२ रुपियाँ र विनोद मुखियालाई ९६ रुपियाँ जरिवाना भएको प्रहरीले जनाएको छ ।

मुद्दामा अदालतबाट तोकिएको जरिवाना पश्चात फरार रहेको १४ जना प्रतिवादीहरुलाई पक्राउ गरी सोमबार सप्तरी जिल्ला अदालतमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिनुभयो ।