• ३० चैत २०८२, सोमबार

भुँवरीपूजाको तयारी

blog

कावासोती, चैत ३० गते । मगर समुदायले गर्दै आएको भुँवरीपूजाको तयारी सुरु भएको छ । यो पूजालाई मगर समुदायको परम्परागत संस्कृतिका रूपमा लिइन्छ । भुँवरीपूजा गर्दा हरेक वर्षको चैतमा मन्दिरमा पूजा र बलि दिइन्छ । 

आफ्नो जातिको हितका लागि भुँवरीपूजाले महत्व राख्ने गरेको बुलिङटारका अगुवा युवराज गरजामगरले बताउनुभयो ।

गाउँनजिकको शिरमा मौलो गाडेर भुँवरीपूजा गरिने र यसो गर्दा देवताले आशीर्वाद दिने विश्वास रहेको डाडाँझेरीका मगर अगुवा देउवीर डिसुवामगरले बताउनुभयो । कुखुरा, सुँगुर, बोका, हाँसलगायतका विभिन्न पशुपन्छीलाई बलि दिएर धुमधामसाथ यो पूजा गरिन्छ ।