• २५ चैत २०८२, बुधबार

अफगानिस्तानमा घरको छत खस्दा सात जनाको मृत्यु

blog

साङ्केतिक तस्बिर

काबुल, चैत २५ गते । पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा घरको छत खसेर भएको दुर्घटनामा एउटै परिवारका सात जनाको मृत्यु भएको स्थानीय अधिकारीले बुधबार बताएका छन् । सूचना तथा संस्कृतिका प्रान्तीय निर्देशक कुरीसी बद्लोनका अनुसार मङ्गलबार राति सेरजाद जिल्लामा उक्त दुर्घटना हुँदा पीडितको घटनास्थलमै मृत्यु भएको थियो । 

यस अघि सोमबार राति भारी वर्षाका कारण माटोको इँटाको छत खसेर भएको घटनामा पाँच जनाको ज्यान गएको थियो भने अन्य चार जना घाइते भएका थिए । पछिल्लो समयमा विपद जन्य घटनाका कारण अफगानिस्तानमा मृतकको सङ्ख्या बढेको जनाइएको छ ।

यसै गरी विगत १२ दिनमा देशमा भारी वर्षा, पहिरो आँधीबेहरी र बिजुलीका कारण कम्तीमा १३२ जनाको मृत्यु भएको छ भने १९२ जना घाइते भएका छन् । अफगानिस्तानको दुर्गम र ग्रामीण क्षेत्रहरूमा आवासीय घर मुख्यतया माटोबाट निर्माण गरिएका छन् भने, यिनीहरू गम्भीर मौसमी प्रकोपको समयमा अत्यधिक जोखिममा रहेका छन् । रासस/सिन्ह्वा