• २५ चैत २०८२, बुधबार

कारागारमा झडप हुँदा पाँच जना घाइते

blog

घाइते कैदीबन्दीको महाकाली प्रादेशिक अस्पतालमा उपचार गरिँदै । तस्बिर : भवानीदत्त भट्ट

भवानीदत्त भट्ट

कञ्चनपुर, चैत्र २५ गते । कञ्चनपुर कारागारमा झडप हुँदा पाँच जना गम्भीर घाइते हुनुभएको छ ।बुधबार दिउँसो कैदीबन्दी बिच भएको झपडका क्रममा पाँच जना गम्भीर घाइते भएका हुन ।

कञ्चनपुर कारागार प्रशासनका अनुसार, घाइते हुनेमा शुक्लाफाँटा नगरपालिका–७ घरभएका चोरी मुद्दाका २३ वर्षीय ओम प्रकाश घडेरी, लागु औषध सम्बन्धी मुद्दाका शुक्लाफाँटा ११ का १९ वर्षीय भुवन नाथ, सोही ठाउँका २६ वर्षीय भुवन ऐर, भीमदत्त नगरपालिका ७ का २५ वर्षीय आयुष बम र जबरजस्ती करणी मुद्दाका बेलौरी नगरपालिका ८ का २६ वर्षीय राजु दमाइ रहेका छन् ।

घाइतेको शरीर तथा टाउकोमा चोट रहेको कारागार प्रशासनका सूचना अधिकारी जीवन पन्तले बताउनुभयो । आपसी विवादका क्रममा भएको झडपबाट घाइते भएका कैदीबन्दीको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको सूचना अधिकारी पन्तले बताउनुभयो । 

कैदी बन्दी बिच भएको झडपको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।