गोरखापत्र समाचारदाता
काठमाडौं, चैत २१ गते । नेपाल निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलस पाण्डे विजयी हुुनभएको छ । एडी लामालाई पराजित गर्दै कालिका कन्स्ट्रक्सनका कार्यकारी निर्देशक पाण्डे महासङ्घको अध्यक्ष हुुनुभएको हो । यस्तै महासचिवमा शिवहरि घिमिरे, कोशी प्रदेश उपाध्यक्षमा धीरेन्द्र दाहाल, मधेश प्रदेश उपाध्यक्षमा शम्भु ठाकुर, बागमती प्रदेश उपाध्यक्षमा बालकृष्ण थापा, गण्डकी प्रदेश उपाध्यक्षमा खिमप्रकाश मल्ल, लुम्बिनी प्रदेश उपाध्यक्षमा सहदेव खड्का, कर्णाली प्रदेश उपाध्यक्षमा हिमबहादुर बुढा, सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा प्रकाशबहादुर सेट्टी विजयी हुुनुुभएको छ ।
यस्तै नीतिगत उपमहासचिवमा मङ्गल शाही र आन्तरिक उपमहासचिवमा सन्तोष शाह विजयी हुुनुभएको छ । महिला उपाध्यक्षमा गङ्गा पोखरेल, कोषाध्यक्षमा उज्ज्वल गौतम र सहकोषाध्यक्षमा उपेन्द्र घिसिङ विजयी हुुनुुभएको छ ।