• १३ असोज २०८१, आइतबार

नेपाल प्रेस युनियन निर्वाचन : मतगणना जारी लम्साल अगाडि

blog

काठमाडौं, साउन ८ गते । नेपाल प्रेस युनियनको अध्यक्ष पदमा शिव लम्सालले अग्रता लिनुभएको  छ । हेटौंडामा शनिबार सम्पन्न भएको निर्वाचनमा अध्यक्ष पदका लागि शिव लम्साल र अनिता बिन्दुले उम्मेदवारी दिनुभएको थियो । 

शनिबार रातिदेखि नै मत गणना सुरु भएको हो । आइतबार दिउँसोसम्म ७७१ मत गनिसक्दा अध्यक्षमा शिव लम्सालले ४१६ र अनिता विन्दुले ३३९ मत पाउनुभएको छ । लम्साल ७७ मले अगाडि हुनुहुन्छ । यसैगरी महासचिव पदमा दिलिप पौडेलले ५०५ र जगन्नाथ दुलालले २३५ मत पाउनुभएको छ । 

आजै साँझसम्म अध्यक्षसहित पदाधिकारी र लेखा समितिका पदाधिकारीको नतिजा आइसक्ने बताइएको छ । निर्वाचनमा कुल १३ सय ९३ मत खसेको थियो । शुक्रबार देखि सुरु भएको युनियनको निर्वाचनमा ७७ वटै जिल्ला शाखा, उपशाखा, काठमाडौं उपत्यका समिति, विभिन्न प्रतिष्ठान र सातवटै प्रदेश समितिका प्रतिनिधि तथा पर्यवेक्षक गरी एक हजार ६५० जना सञ्चारकर्मीको सहभागिता थियो ।