• १५ असार २०८१, शनिबार

निक्षेपमा दस गुणासम्म फिर्ता

blog

काठमाडौँ, साउन ७ गते ।  नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैङ्कले ‘एनसीसी प्रफुल्ल मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ । यस मुद्दती योजनामा निक्षेपकर्ताले निक्षेप रकमको १० गुणासम्म रकम पाउने सो बैङ्कले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

सीमित अवधिसम्म लागू हुने यो योजनामा व्यक्तिगत निक्षेपकर्ताले छ वर्ष चार महिना २५ दिनदेखि २१ वर्ष छ महिना २८ दिनसम्म र संस्थागत निक्षेपकर्ताले सात वर्ष एक महिना १२ दिनदेखि २४ वर्ष ११ महिना दुई दिनसम्म मुद्दती खातामा रकम जम्मा गर्नसक्ने छन् । उक्त निक्षेप अवधिअनुसार निक्षेपकर्ताले दोब्बरदेखि १० गुणासम्म रकम फिर्ता पाउने बैङ्कले जनाएको छ । 

साथै बैङ्कले पहिलो वर्षका लागि पाँच लाख रुपियाँसम्मको दुर्घटना बीमा र दुई लाख रुपियाँसम्मको घातक रोग बीमा सुविधासमेत उपलब्ध गराएको जनाएको छ ।