सिराज खान
नेपालगन्ज, फागुन २३ गते । बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य खगेन्द्र सुनार निर्वाचित हुनुभएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचित हुनुभएका भएका उहाँले २९ हजार ५५१ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुमन मल्लले १९ हजार ६१५ मत मात्र प्राप्त गर्न सफल हुनुभयो ।
यसैगरी, सो क्षेत्रबाट नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले १३ हजार २१५ मत प्राप्त गर्नुभयो भने नेकपाका दीपक कुमार गौरीमगरले ४ हजार १५ मत ल्याउनुभयो । यस्तै, राप्रपाका तारकसिंह थारुले एक हजार ९१२ र नागरिक उन्मुक्ती पार्टीका ध्रुबराज थारुले ४७४ मत प्राप्त गर्नुभयो ।
दलित अभियन्ता रहनुभएका सुनारले विजयी भएपछि पहिलो प्रतिक्रिया दिँदै जेनजी आन्दोलनमा सहीद भएका युवाहरुको रगत खेर नजान दिने गरी काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले भ्रष्टाचारको अन्त्य र सुशासन स्थापना गर्ने कार्यमा रास्वपाको सरकारले कुनै पनि कसर बाँकी नराखेर काम गर्ने बताउनुभयो ।