• १४ असार २०८१, शुक्रबार

फुल कन्ट्याक्ट कराते भदौमा

blog

कराते प्रतियोगिताबारे जानकारी दिँदै आयोजक । तस्बिर सौजन्य : ग्राफिक आर्टस

काठमाडौं, साउन ४ गते । राष्ट्रिय खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता भदौ ४ गते बनेपामा हुने भएको छ । नेपाल केनशिनकान कराते संघको आयोजनामा हुन लागेको प्रतियोगितामा विभागीय टोली, विभिन्न कराते संघ र डोजोबाट गरी करिव दुई सय ५० खेलाडीको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

प्रतियोगितामा पुरुष ३५ केजी मूनि, ४५ केजी  मूनि, ५५ केजी मूनि, महिलातर्फ ३५ केजी मूनि, ५० केजी मूनि र खुला तौल समूहसहित सात तौलमा प्रतिस्पर्धा हुनेछ ।प्रत्येक तौल समूहको विजेतालाई १५ हजार रुपियाँ, दोस्रो हुनेलाई १० हजार रुपियाँ र तेस्रो हुनेलाई पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरिने संघका महासचिव राजन खत्रीले जानकारी दिनुभयो ।