शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
जनार्जन खत्री
सर्लाही, फागुन २२ गते । सर्लाहीको क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नितिमा भण्डारी कार्कीले अग्रता बढाउँदै लैजानुभएको छ ।
प्रारम्भिक मतपरिणाम अनुसार कार्कीले एक हजार ६६९ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका मनोजकुमार देवकोटाले ३८५, नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठले २४०, जनता समाजवादी पार्टीका रामप्रकाश चौधरीले १५३ र नेपाली कम्युनिष्ट पार्टीका प्रमोदकुमार साहले ११७ मत प्राप्त गर्नुभएको छ ।
सर्लाही-१ मा अहिलेसम्म ईश्वरपुर नगरपालिका वडा नं. १, २ र ३ को मतगणना भएको छ । बिहीबार भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही-१ बाट ७९ हजार ४०६ मत खसेको छ ।