• १३ असार २०८१, बिहिबार

नेपालको प्रशिक्षक छाडेसँगै पुबुदु क्यानडाको प्रशिक्षक

blog

काठमाडौं, साउन ४ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दसानायकले क्यानडाको प्रशिक्षकमा नियुक्त हुनुभएको छ । प्रशिक्षक पुबुदु दसानायकेले बुधबार मात्र पत्रकार सम्मेलन गर्दै नेपाली टोलीको प्रशिक्षक पद छाडेको घोषणा गर्नुभएको थियो ।

ब्यक्तिगत कारणले नेपाली टोलीको प्रशिक्षक छाडेको घोषणा गर्नुभएका पुबुदुलाई क्यानडाले दुई घण्टा नवित्दै प्रशिक्षक नियुक्त गरेको सुचना सार्वजनिक गरेको छ । क्रिकेट क्यानडाले आफ्नो अफिसियल फेसबुक पेजमार्फत पुबुदु क्यानडाको मुख्य प्रशिक्षक नियुक्त भएको जनाएको छ ।

क्रिकेट क्यानडाले आफ्नो आधिकारिक फेसबुक पेजमा पुबुदुलाई प्रशिक्षक नियुक्त भएकोमा बधाई समेत दिएको छ । गत मंसिरमा नेपालका लागि दोस्रो पटक दुई बर्षे कार्यकालको सम्झौता गर्नुभएका प्रशिक्षक पुबुदुले आजै (बुधबार) राजीनामाको घोषणा गर्नुभएको थियो ।