• १२ असोज २०८१, शनिबार

सदस्य सचिव र कतार राजदूतबीच भेट

blog

सदस्य सचिव टंकलाल घिसिङ र नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हेल । तस्बिर : राखेप

काठमाडौं, साउन ४ गते । नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हेलले बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङसँग भेटवार्ता गर्नुभएको छ । राजदूत युसुफ त्रिपुरेश्वरस्थित सदस्य सचिव घिसिङको कार्यकक्षमा भेटवार्ता गर्नुभएको हो । 

भेटका अवसरमा घिसिङले राजदूत युसुफ खेलकुद प्रेमी भएको थाहाँ पाउँदा खुशी लागेको बताउदै कतारमा हुने विश्व कपको पूर्व सन्ध्यामा नेपालस्थित दूतावाससँग समन्वय गर्दै राखेप, अखिल नेपाल फुटबल संघ र नेपाल ओलम्पिक कमिटी मिलेर कार्यक्रम आयोजना गर्ने सोच रहेको बताउनुभयो । 

राजदूत युसुफले घिसिङको शुभेक्छा प्रति आभार प्रकट गर्दै नेपाली खेलकुदको विकासका लागि जिटुजीमार्फत प्रस्ताव गरे आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । राजदूत युसुफले मायाको चिनो स्वरुप सदस्यसचिव घिसिङलाई फुटबल उपहार दिनु भएको थियो । उक्त अवसरमा नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।