• ५ असोज २०८१, शनिबार

पेट्रोल पदार्थ उत्खन्नबारे सदनलाई जानकारी गराउन सांसदको माग

blog

काठमाडौं, साउन ४ गते । राष्ट्रियसभाका सांसद दुर्गा गुरुङले कर्णाली प्रदेशमा रहेको पेट्रोल पदार्थ उत्खन्न गर्ने कामको जानकारी संसदलाई जानकारी गराउन माग गर्नुभएको छ । उहाँले पेट्रोलियम पदार्थ उत्खनन गर्न सम्बन्धित मन्त्रालयले प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै, सांसद नरबहादुर बिष्टले काठमाडौं महानगरपालिकाले फुटपाथ व्यापारीलाई लखेट्ने काम गरेको भन्दै बिरोध गर्नुभयो । उहाँले व्यापारीलाई लखेट्नेभन्दा पनि उनीहरुलाई करको दायरामा ल्याएर रोजीरोटीको सरकारले नै सुनिश्चिता गर्नुपर्ने बताउनुभयो ।

सांसद भुवनबहादुर सुनारले देशलाई बेरुजुले आक्रान्त बनाएको बताउनुभयो । उहाँले स्थानीय, प्रदेश र सङ्घीय तीनै तहमा बेरुजु बढ्दै गए पनि सरकारले बेरुजुलाई व्यवस्थित गर्न पछाडि परेको बताउनुभयो ।

त्यस्तै, सांसद सुरेशकुमार आलेमगरले नेकपा एमालेले एम अधिकारी खोटाङको हो भने तत्काल जानकारी दिनुपर्ने बताउनुभयो । एम अधिकारी र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको विषय रहस्यमय बन्दै गएको उहाँको भनाइ छ ।

सांसद आलेमगरले नेकपा एमालेको कुनै एउटा विभाग र राष्ट्र बैंकको गभर्नर पदमा बस्न नमिल्ने बताउनुभयो ।