• १२ असोज २०८१, शनिबार

प्रतिनिधिसभाबाट नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) पारित

blog

काठमाडौं, साउन ४ गते । प्रतिनिधिसभाबाट नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक सर्वसम्मतिले पारित भएको छ ।

बुधबारको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयकमाथि छलफल गरियाेस् भनी प्रस्ताव राख्नुभएकाे थियो ।

छलफलमा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफमा दिनहुँदै यातायातमन्त्री राईले लाइसेन्स लिन परीक्षा अनिवार्य गरिएपछि गुणस्तरमा उठेको प्रश्नको स्वतः निरुपण हुने बताउनुभएको छ ।

विधेयकले इन्जिनियरिङ परिषद्लाई सातै प्रदेशमा शाखा कार्यालय खोल्न पाउने र अनलाइनमार्फत सेवा प्रदान गर्न सक्नेलगायतका सुविधा दिएको  छ ।

वि.सं. २०७६ जेठ २९ गते दर्ता भएको उक्त विधेयक राष्ट्रियसभाबाट २०७६ पुस १४ गते पारित भएपछि प्रतिनिधिसभामा आएको थियो ।

राष्ट्रियसभाबाट पारित भएपछि प्रतिनिधिसभाले बुधबार ‘‘नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ लाई पारित गरेको हो ।