प्रदिप पन्त
बागलुङ, फागुन २१ गते । प्रतिनिधि सभा सदस्यको लागि बागलुङमा शान्तिपूर्ण रूपमा मतदान जारी छ। जिल्लाका २३० मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान प्रक्रिया सञ्चालन भइरहेको छ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख यज्ञप्रसाद रिजालका अनुसार, बिहान १० बजेसम्म करिब ५ प्रतिशत मत खसेको छ ।
मतदान केन्द्रमा मतदाताको उपस्थिती बिहानदेखि बढ्दै गएको छ। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा अहिलेसम्म शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। उहाँलेले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन सुरक्षा व्यवस्था चुस्त पारिएको पनि बताउनुभयो।
जिल्ला कारागारका बन्दीसहित सुरक्षा र कर्मचारीका लागि दुई वटा अस्थायी मतदान केन्द्र तोकिएको छ। बागलुङमा कुल १ लाख ९३ हजार ३८१ मतदाता रहेका छन्। प्रतिनिधि सभा सदस्यका दुई सिटका लागि यहाँ २१ जना उम्मेदवार रहेका छन्।