• १३ असार २०८१, बिहिबार

प्रतिनिधिसभा बैठक जारी

blog

फाइल तस्बिर

काठमाडौं, साउन ४ गते । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक जारी छ ।

बुधबार बिहान ११ बजेदेखि सुरु भएको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउनुहुनेछ ।

सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले अन्तर्राष्ट्रियसम्बन्ध समितिका सभापति पवित्रा निरौला (खरेल)ले ‘‘अन्तर्राष्ट्रियसम्बन्ध समितिको वार्षिक प्रतिवेदन, २०७९’’ पेश गर्नुहुने कार्यसूची रहेको जानकारी दिनुभयो ।

त्यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले ‘‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन, २०७९’’ पेश गर्नुहुनेछ ।