• १५ फागुन २०८२, शुक्रबार

गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु

blog

गाजा सिटी, फगुन १५ गते । गाजाको नागरिक रक्षा मन्त्रालयले शुक्रबार इजरायली आक्रमणमा कम्तिमा पाँच जनाको मृत्यु भएको बताएको छ । इजरायल र हमासले सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै गत महिना दोस्रो चरणमा प्रवेश गरेको अमेरिकी मध्यस्थताको युद्धविरामको बावजुद प्यालेस्टिनी क्षेत्रमा हिंसा जारी छ ।

हमास अधिकारीलगायत उद्धार बलको रूपमा काम गर्ने नागरिक सुरक्षा एजेन्सीले एएफपीलाई मध्य गाजामा शुक्रबार भएको हवाई आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको र एक जना गम्भीर घाइते भएको बताएको छ । मध्यरातको समयमा गाजा पट्टीको दक्षिणमा भएको ड्रोन आक्रमणमा तीन जनाको मृत्यु हुनुका साथै धेरै जना घाइते भएको एजेन्सीले जनाएको छ ।

अक्टोबर-१० देखि लागु भएको युद्धविरामका सर्त अन्तर्गत, इजरायली सेना निर्धारित स्थानबाट फर्किए पनि आधा भन्दा बढी क्षेत्र नियन्त्रणमा अझै पनि नियन्त्रणमा रहेको जनाइएको छ । हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले युद्धविराम सुरु भएपछि यस क्षेत्रमा निरन्तर आक्रमण जारी रहदा कम्तीमा ६०१ जनाको मृत्यु भएको बताएको छ ।

यसैबिच इजरायली सेनाले यो अवधिमा भएका आक्राणमा कम्तीमा चार जना सैनिक मारिएको बताएको छ । गाजामा मिडिया प्रतिबन्ध र सीमित पहुँचले स्वतन्त्र रूपमा मृतकको सङ्ख्या प्रमाणित गर्न वा स्वतन्त्र रूपमा वास्तविक समाचार सम्पे्रसण गर्नबाट रोकेको एएफपिले जनाइएको छ । रासस/एएफपी