बाँके निर्वाचन क्षेत्र नं. २ (ख) मा जसपाका आदेशकुमार अग्रवाल आठ हजार २४६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार निरकबहादुर गुरुङले छ हजार ७०९ मत प्राप्त गर्नुभएको छ ।
बाँके निर्वाचन क्षेत्र नं. २ को (क) मा जसपाका उम्मेदवार भण्डारी लाल अहिर विजयी हुनुभएको छ । उहाँले ११ हजार ५०४ मत प्राप्त गरी विजयी हुनुभएको हो । अहिरका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार विजयबहादुर यादवले नौ हजार ३५८ मत ल्याउनुभएको छ ।
बारा निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा (ख) मा जसपाका उम्मेदवार बच्चा राउत अहिरले १० हजार ३०२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामअयोध्या प्रसाद यादवले आठ हजार ९३९ मत ल्याउनुभएको छ ।
बारा निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा (ख)मा जसपाका उम्मेदवार सरोजकुमार यादव विजयी हुनुभएको छ । उहाँले १५ हजार ९२७ मत प्राप्त गरी विजयी हुनुभएको हो । यादवका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्रप्रसाद कानुले ११ हजार ४० मत प्राप्त गर्नुभएको छ ।
रौतहट निर्वाचन क्षेत्र नं. ४ को प्रदेशसभा (ख)मा जसपाका शेख अबुलकलाम आजादले आठ हजार ७४१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सञ्जय यादवले पाँच हजार ८७५ मत प्राप्त गर्नुभएको छ ।
सर्लाही निर्वाचन क्षेत्र नं. ३ को प्रदेशसभा (ख)मा जसपाका उम्मेदवार सञ्जयकुमार यादव १३ हजार १९० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सरोजकुमार रायले आठ हजार ३४८ मत ल्याउनुभएको छ ।
महोत्तरी निर्वाचन क्षेत्र नं. ४ को (ख)मा जसपाका उम्मेदवार सरोजकुमार सिंह विजयी हुनुभएको छ । उहाँले ११ हजार ५०६ मत प्राप्त गरी विजयी हुनुभएको हो । सिंहका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार लालेन्द्रकुमार मण्डलले १० हजार २४२ मत ल्याउनुभएको छ ।
सिराहा निर्वाचन क्षेत्र नं. १ को (ख) मा जसपाका उम्मेदवार राजकुमार गुप्ता १६ हजार २३९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का अशोककुमार यादव १३ हजार २३३ मत ल्याउनुभएको छ ।
धनुषा क्षेत्र नम्बर २ 'ख' बाट जनता समाजवादी पार्टीका उम्मेदवार रामअशिष यादव दोस्रो पटक प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ । मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट १० हजार ६१४ मत प्राप्त गरी यादव दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत पुनः प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । पर्सा क्षेत्र नं १ (२) मा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राउत सात हजार पाँच सय ४५ मतका साथ पुनः प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत विनोद पोखरेलले जानकारी दिनुभयो ।
पर्सा जिल्लामा प्रदेश सभा सदस्यमा जनता समाजवादी पार्टीका सिघासन साह कलवार दोस्राे पटक विजयी हुनुभएको छ ।उहाँ १५ हजार ३ सय ८५ मत ल्याएर विजयी हुनुभएको छ । यसअघि २०७४ सालको निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरमबाट ११ हजार ७०८ मत ल्याई निर्वाचित हुनुभएको थियो भने ।