शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                काठमाडौं, साउन २ गते । सुनचाँदी बजारमा सोमबार छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय रुपियाँले बढेर ९४ हजार पुगेको छ ।
पहेंलो धातु आइतबार प्रतितोला ९३ हजार छ सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९३ हजार एक सय थियो ।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला पाँच रुपियाँले बढेर एक हजार १६५ तोकिएको महासङ्घले जनाएको छ । 
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                            -(1)-square-thumb.jpg) 
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                