शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
विष्णुप्रसाद पोखरेल
दमक, फागुन ६ गते । झापाको मेचीनगरको नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको छ । स्थानीयले नवजात शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।
बुधबार बिहान मेचीनगर-२, भृकुटी चोकस्थित दीपक बरालको खाली जग्गामा अन्दाजी ३ महिनाकोजस्तो देखिने सालनालसहितको लिङ्ग नछुटिएको नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।
घटनाबारे प्रहरीले अनुसन्धान बढाएको खड्काले बताउनुभयो । शिशुको शव पोस्टमार्टमका लागि मेची अस्पताल भद्रपुर लगिएको छ ।