• १३ साउन २०८१, आइतबार

उपसभामुखद्वारा पद तथा गोपनीयताको शपथ

blog

राष्ट्रपति भवन शीलत निवासमा सभामुख अग्निप्रसाद सापकोटासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुँदै उपसभामुख पुष्पा भुसाल (गौतम) । तस्बिर : सभामुखको निजी सचिवालय

काठमाडौं, साउन १ गते। उपसभामुख पुष्पा भुसाल (गौतम)ले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। 

आइतबार राष्ट्रपति भवन शीतल निवासमा सभामुख अग्निप्रसाद सापकोटाबाट उपसभामुख भुसालले पद तथा गोपनीयताको शपथ लिनुभएको हो। 

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख  सापकोटाले प्रतिनिधि सभाका नवनिर्वाचित उपसभामुख गौतमलाई प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ९ बमोजिम पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । 

शपथ ग्रहण समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत संवैधानिक अंगका प्रमुखको उपस्थिति थियो । 

भुसाल असार ३१ गते प्रतिनिधिसभाको उपसभामुख निर्वाचित हुनुभएको हो।