• २९ माघ २०८२, बिहिबार

तोलामा एक सयले घट्यो सुनको मूल्य

blog

काठमाडौँ,  माघ २९ गते । स्थानीय बजारमा आज तोलामा १०० ले सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने ५० ले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख छ हजार ५०० र एक तोला चाँदीको मोल पाँच हजार ३४० कायम भएको छ । 

बुधबार छापावाल सुन प्रतितोला तीन लाख छ हजार ६०० र एक तोला चाँदीको मोल पाँच हजार २९० कायम भएको थियो । गत मङ्गलबार प्रतितोला सुन तीन लाख पाँच हजार ५०० र एक तोला चाँदीको मोल पाँच हजार २४० कायम भएको थियो । गत सोमबार एक तोला सुन तीन लाख चार हजार ६०० र त्यति नै परिमाणको चाँदी पाँच हजार २५० मा खरिदबिक्री भएको थियो ।  

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार आज एक औँस सुन पाँच हजार ८३ र त्यति नै चाँदी ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस