शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
जेरुसेलम, माघ २८ गते । इजरायली कब्जा बल (आइओएफ) ले बुधबार वेस्ट ब्याङ्कका विभिन्न क्षेत्र बाट २३ जना प्यालेस्टिनीलाई पक्राउ गरेको छ । वफा समाचार एजेन्सीले स्थानीय सुरक्षा स्रोतले अल-खलिलमा १० जना प्यालेस्टिनीलाई पक्राउ गर्नुका साथै धेरै घरमा छापा मारेको रिपोर्ट गरेको छ ।
आइओएफले बेथलेहेममा चार प्यालेस्टिनी, नब्लसको गवर्नरेटमा पाँच र उत्तरी रामल्लामा अन्य तीन जनालाई पक्राउ गरेको जनाएको छ । उत्तरपूर्वमा कब्जा गरिएको जेरुसेलमा आईओएफले एक जना प्यालेस्टिनी महिलालाई पक्राउ गरेको जनाइएको छ ।
वेस्ट ब्याङ्क र अल-कुद्सका सहर, र शरणार्थी शिविरमा आईओएफद्वारा दैनिक छापा र आक्रमण भई रहेको जनाइएको छ भने प्रायः द्वन्द्व, गिरफ्तारी, र जीवित र रबरको गोलीको साथसाथै युवा प्यालेस्टिनीमा अश्रु ग्याँस पनि प्रहार गरेको जनाइएको छ । रासस/क्यूएनए