• २३ माघ २०८२, शुक्रबार

खोलाको किनारमा फसेको अवस्थामा एक चितुवाको उद्धार

blog

उद्धार गरिएको चितुवा । तस्बिर : पुरुषोत्तम सुवेदी

पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, माघ २३ गते ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं. ६, भोर्लाबास खोलाको किनारमा फसेको अवस्थामा एक चितुवाको  बिहीबार साँझ उद्धार गरिएको छ ।

विशासय सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा फेला परेको उक्त चितुवालाई डिभिजन वन कार्यालय पश्चिम नवलपरासी र राष्ट्रिय प्रकृति संरक्षण कोष  चितवनको संयुक्त टोलीले चितुवाको सफल उद्धार गरेको हो ।

डिभिजन वन कार्यालय  पश्चिम नवलपरासीका प्रमुख राजु क्षेत्रीका अनुसार उद्धार गरिएको चितुवालाई हाल थप स्वास्थ्य परीक्षण र व्यवस्थापनका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष, चितवन लगिएको छ।खोलाको किनारमा अप्ठ्यारो गरी फसेको चितुवालाई प्राविधिक टोलीले नियन्त्रणमा लिएको थियो । 

बस्ती नजिकै चितुवा फेला परेपछि स्थानीयमा त्रास फैलिए पनि समयमै उद्धार भएपछि सुरक्षाको अनुभूति भएको छ ।