हुम्ला, माघ २२ गते । पाँच दिन लगातार धामीझाँक्री व्रत बस्ने माघेपूर्णिमा औपचारिक रूपमा सम्पन्न भएको छ । सिमकोटको ठेहेगाउँमा दुई दर्जन धामीझाँक्री लामो समय व्रत बसेर धामीनाच नाचेर सम्पन्न गरेका हुन् ।
गाउँमा मानिसको बसोबास हुन थालेपछि धामीझाक्रीले माघेपूर्णिमाको एकादशीदेखि पूर्णिमासम्म लगातार व्रत बस्नुपर्ने र यसको पछिल्लो दिन पनि धुमधामसँग धामी नाच्ने गरेको ठेहेका स्थानीय चक्र बोहोराले बताउनुभयो । पूर्णिमाको पाँच दिन दुई दर्जनभन्दा बढी धामीझाँक्रीले व्रत बस्ने र नाच्ने कार्य हुने भएकाले यसको विशेष महìव रहेको उहाँको भनाइ थियो । ठेहेगाउँमा यस पर्वको फरक महत्व भएका कारण घरबाट परदेश गएकाहरू फर्कने र गाउँका स्थानीय पनि पूजापाठ र बोको चढाउनका लागि आउने गरेका छन् । बोकाको बलि चढाउनुका साथै स्थानीयले चौँरी, घोडा र गाई पनि धामीलाई चढाउने गर्छन् ।