• १४ माघ २०८२, बुधबार

अग्निपीडितलाई सहयोग

blog

आगलागी पीडित परिवारलाई राहत वितरण गर्नुहुँदै इ. सूर्यनारायण यादव । तस्बिर : सुधा देव

सुधा देव

भारदह(सप्तरी), माघ १४ गते । सप्तरीको महादेवा गाउँपालिका-२, अकबरपुर टोलका एक अग्निपीडित परिवारलाई धर्मीहल्फा महिला विकास क्लब सप्तरीले बुधबार विभिन्न सामग्री सहयोग गरेको छ।

स्थानीय बद्री मण्डलका परिवारलाई क्लबले लत्ताकपडा, भाँडाकुँडा, त्रिपाल, म्याट्रेस लगायतका सामाग्री सहयोग गरेको क्लबका अध्यक्ष इन्जिनियर सूर्यनारायण यादवले बताउनुभयो ।

गत माघ २ गते राति भीषण आगलागी हुँदा मण्डलको तीन वटा घरमा आगलागी हुँदा दस लाख बराबरको क्षति भएको थियो । आगलागीबाट मण्डलको तीन वटा घर, तीन वटा खसीबाख्रा, अन्न, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा तथा अन्य घरायसी सामान जलेर खरानी भएको थियोे । 

आगलागीमा घरमा भएको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा सहित दैनिक प्रयोग हुने आवश्यक सामाग्री आगोमा जलेर खरानी भएपछि मण्डल परिवारले विभिन्न किसिमको समस्या भोगिरहेको बेला इ. यादवले गरेको सानै सहयोगले मण्डल परिवारलाई ठुलो राहत हुने स्थानीयले बताउनुभयो ।