• १३ साउन २०८१, आइतबार

चट्याङ लागेर एउटै घरका चारजना घाइते

blog

रुकुम पश्चिम, असार ३१ गते । रुकुम पश्चिमको आठबीसकोटमा चट्याङ लागेर एउटै घरका चार जना घाइते भएका छन् । जिल्लाको आठबीसकोट नगरपालिका १० घारीखोलाका गोपाल केसीको घरमा बिहीबार बेलुका चट्याङ लागेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार चट्याङ लागेर गोपालको ३२ वर्षीया श्रीमती खिमला केसी, १२ वर्षीय छोरा लक्ष्मण केसी, ६ वर्षीया छोरी पूजामाया केसी र २ वर्षीय छोरा टेकविक्रम केसी घाइते भएका छन् । 

घाइतेहरु चारै जनाको आठबीसकोट नगर अस्पतालमा उपचार भैरहेको र अवस्था सामान्य रहेको प्रहरीेले जानकारी दिएको छ । 


Author

राजु लामिछाने