• १२ वैशाख २०८१, बुधबार

पहिरोमा पुरिएर आमा र दुई छोरासहित तीनजनाको मृत्यु

blog

हिमा गाउँपालिका १ आचार्य लिहीको पावरहासमा घटना भएपछि राती उद्धार गर्न गएको टोली तस्बिर प्रहरी । तस्बिरः नेत्र शाही

जुम्ला, असार ३१ गते । जुम्लाको हिमा गाउँपालिका- १ स्थित भित्रीखोला लघुजलविद्युत आयोजनाको पावर हाउस पहिरोले पुरिदाँ आमासहित तीनजनाको मृत्यु भएको छ । 

हिमाको प्रहरी चौकीका अनुसार जुम्ला हिमा गाउँपालिका- १ आचार्य लिहीमा रहेको उक्त आयोजना पहिरोले पुरिँदा तीनजनाको घटना स्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा पावरहाउसका अपरेटर गोरखबहादुर रावतका श्रीमती ३० वर्षीया विमला रावत, नौ वर्षीय छोरा भरत रावत र आठ वर्षीय छोरा सूर्य रावत रहेको प्रहरीले जनाएको छ । 

प्रहरी चौकी बड्कीका प्रहरी नायव निरीक्षक रामप्रसाद चौलागाईका अनुसार गएराति ११ बजे पावर हाउसको पानी ओभरलोड भएर पहिरो आई घटना भएको बताउनुभयो । प्रहरीलाई मध्यरात २ बजे खबर आएपछि त्यहाँ पुगेर उद्धार गरिए पनि पुरिएकाहरुको खोजी अझै बाँकी रहेको बताउनुभयो । 

गाउँमा विद्युत कटौति भएसँगै गोरखबहादुर पावर हाउस पुगेपछि पहिरो गएको पत्ता लागेको थियो । प्रहरीका अनुसार मध्यरातदेखि प्रहरी घटना स्थलमा पुगेको जनाएको छ । हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले घटना स्थलमा गाउँपालिकाको टोली समेत पुगेर आवश्यक उद्धारदेखि गाउँपालिकाले गर्ने काममा सहयोग गर्ने बताउनुभयो । 

Author

नेत्र शाही