शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, असार ३१ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार भारत जाँदै हुनुहुन्छ । भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा उहाँ दिल्ली जान लाग्नुभएको हो ।भाजपाद्वारा शनिबार आयोजना हुने ‘नेपाल–भारत सम्बन्धका विभिन्न आयाम’ विषयक कार्यक्रममा अध्यक्ष प्रचण्ड सहभागी हुनुहुने उहाँका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।
प्रचण्डले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ । अध्यक्ष प्रचण्ड दुई दिन भारतमा रहनुहुने मल्लले जानकारी दिनुभयो । भारतीय राजदूत नवीन श्रीवास्तवले केही दिनअघि प्रचण्डलाई भाजपा अध्यक्ष नड्डाको निम्तो दिनुभएको थियो ।